आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

जोरपाटी चोकमा राप्रपाको आमसभा सम्पन्न

गोकर्णेश्वर खबर२६ कार्तिक २०७९, शनिबार २१:५२ मा प्रकाशित (१ साल अघि) ५५ पाठक संख्या

२६ कार्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जोरपाटी चोकमा आमसभा गरेको छ । राप्रपाले मंसिर ४ गतेको चुनाव लक्षित गरी शनिबार आमसभा गरेको हो ।

आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा राप्रपाका महामन्त्री भुवन पाठकले राष्ट्रिय अस्मिताको रक्षा र सनातन धर्मको रक्षाका लागि राप्रपालाई जिताउनुको विकल्प नभएकोमा जोड दिए । उनले केही ठूला भनिएका दलहरु देश र जनताप्रति उत्तरदायि नभई विदेशीले परिचालन गरेको शक्ति भएकाले यस पटक राप्रपालाई भोट दिन आग्रह गरे ।

राप्रपाका धार्मिक संगठन संयोजक पुष्पराज पुरुषले नेपालको मौलिकता र धर्मसंस्कृति माथि निरन्तर विदेशी आक्रमण बढीरहेकोमा जोड दिंदै राष्ट्रियता र धर्मसंस्कृतिको रक्षाको लागि राप्रपाले मात्र काम गर्न सक्ने बताए । उनले अरु दल विदेशीको दास भएको आरोप लगाए ।

यसैगरी, काठमाडौं क्षेत्र नं. ३ अन्तर्गत राप्रपाका उम्मेदवारहरु प्रतिनिधि सभाका उम्मेदवार अधिवक्ता गणेश गिरी र प्रदेश (क) का चुण्डि लामा, प्रदेश (ख) का उम्मेदवार कमल सुनारले समेत भ्रष्टाचारबाट मुक्ति विना देशको बास्तविक विकास नहुने भएकोले यस पटक राप्रपाका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे । भ्रष्टाचार विरुद्ध राप्रपाले कडा नीति लागू गर्ने बताउँदै उम्मेदवारहरुले सुशासन र विकासका लागि राप्रपा देशको असली पार्टी भएको दावि गरे ।

कार्यक्रममा राप्रपाका क्षेत्रीय स्तरका तथा नगर र वडा स्तरका नेता, कार्यकर्ताका साथै उल्लेख्य संख्यामा स्थानीयहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा कलाकारहरुले नृत्य तथा राष्ट्रवादी भावना बोकेका गीतहरु प्रस्तुत गरेका थिए ।

आजको आमसभा क्षेत्रीय अध्यक्ष श्याम सुन्दर पण्डितको सभापतित्वमा भएको थियो भनें कार्यक्रममा स्वागत मन्तव्य निर्वाचन परिचालन समितिका संयोजक कुमार घिमिरेले राखेका थिए । कार्यक्रम सञ्चालन नगर सभापति अनिल पराजुलीले गरेका थिए । कार्यक्रम व्यवस्थापक नगर सचिव नविन काफ्ले रहेका छन् ।

मंसिर १ गते बौद्ध टाउन प्लानिंगमा आमसभा 

यसैगरी, मंसिर १ गते बौद्ध टाउन प्लानिंगमा रहेको फुटबल मैदानमा राप्रपाले आमसभा गर्ने भएको छ । बौद्धमा हुने आमसभालाई राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका गोकर्णेश्वर नगर सचिव नविन काफ्ले जानकारी दिए ।