आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

लोकतन्त्रको जितको लागि कांग्रेसको जित आवश्यक : डा.मिनेन्द्र रिजाल 

गोकर्णेश्वर खबर२६ कार्तिक २०७९, शनिबार २०:५० मा प्रकाशित (१ साल अघि) ५२ पाठक संख्या

२६ कार्तिक, काठमाडौं । नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजालले लोकतन्त्रको जितको लागि कांग्रेसको जित आवश्यक रहेको बताएका छन् । डा. रिजालले क्षेत्रमा एकताबद्ध भएर कांग्रेसका उम्मेदवारहरुलाई जिताउन समेत आग्रह गरे ।

आसन्न मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै डा.रिजालले नेपाली कांग्रेसले गरेका कामहरु मतदातालाई बुझाउन आवश्यक रहेकोमा जोड दिए । डा.रिजालले कांग्रेसले समृद्धि र सुशासनको नीति बोकेर देशमा भौतिक पूर्वाधारको विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकासमा धेरै काम गरेको बताए ।

यसैगरी, डा. मिनेन्द्र रिजालले प्रतिनिधि सभाका उम्मेदवार तथा क्षेत्रीय सभापति सन्तोष चालिसेलाई आफ्नो तर्फबाट उपहार स्वरुप माईक हस्तान्तरण गर्दै संसदमा गएर देश विकासको पक्षमा, जनताको हितको पक्षमा आवाज बुलन्द पार्न समेत आग्रह गर्दै विजयको अग्रिम शुभकामना दिए ।

डा.रिजालले निरंकुशताको विरुद्ध देश र जनताको पक्षमा संविधान र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसले काम गर्दै आएकोले लोकतन्त्रको जितको लागि कांग्रेसको जित हुनै पर्ने तथ्यलाई आत्मसाथ गर्दै नेता कार्यकर्ताहरुले मतदातालाई समेत सो बुझाउन सक्नु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ३ ले आज आयोजना गरेको बुद्विजिवीसँग उम्मेदवार कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार सन्तोष चालिसे तथा प्रदेश सभा (क) का उम्मेदवार छिरिङ दोर्जे लामा र प्रदेश (ख) का उम्मेदवार विमल ठकुरीले अहिलेसम्म जनताको पक्षमा काम गर्न राजनीति गरेकोले जित पछि पनि क्षेत्रको विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एमाले, एकीकृत समाजवादी र माओवादीका १२० जना कांग्रेसमा प्रवेश 

कार्यक्रममा नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीका करिब १२० जनाले आ–आफ्नो पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

आज कांग्रेस प्रवेश गर्नेहरुमा एमालेका संगठित सदस्य गोबिन्द ढुङ्गेलको नेतृत्वमा २२ जना र माओबादी केन्द्र गोकर्णेश्वर नगर कमिटीको उपाध्यक्ष लाक्पा शेर्पा र सदस्य बिजेन्द्र लामाको नेतृत्वमा ९८ जना नेपाली कांग्रेसमा प्रवेस गरेका हुन् ।