आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

चुनाव नजिकिंदाँ माओवादी विरुद्ध दुश्प्रचार बढ्यो : गोकर्णेश्वर नगर अध्यक्ष 

गोकर्णेश्वर खबर२६ कार्तिक २०७९, शनिबार १९:३३ मा प्रकाशित (१ साल अघि) ४४५ पाठक संख्या

२६ कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका गोकर्णेश्वर नगर अध्यक्ष मान बहादुर तामाङले चुनाव नजिकिंदै जाँदा माओवादी विरुद्ध दुश्प्रचार बढेको भन्दै दुःख व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रलाई कमजोर बनाउन प्रतिक्रियावादी तत्वहरुले चुनावको मुखमा आधारहिन, भ्रामक र दुश्प्रचारको सहारा लिएको उनले दावी गरे ।

गोकर्णेश्वर नगरपालिका सहित काठमाडौं क्षेत्र नं. ३ मा माओवादी केन्द्रको पक्षमा बलियो जनमत देखिन थाले पछि पार्टी प्रवेशको नाममा केही व्यक्तिहरुलाई पार्टी प्रवेश गराएर माओवादी कार्यकर्तालाई कांग्रेस र एमालेमा प्रवेश गराएको आधारहिन र भ्रामक हल्ला फैलाउने गरेको भन्दै उनले आपत्ति प्रकट गरे । यस्ता विषयमा सत्य तथ्य बुझेर मात्र समाचार बनाउन समेत नगर अध्यक्ष तामाङले मिडियाकर्मीहरुलाई आग्रह गरेका छन् ।

उनले केही दिन अघि नेकपा एमालेले ३७ जना माओवादीलाई एमालेमा प्रवेश गराएको प्रचार गरे पनि ३ जना मात्र माओवादीका सदस्य रहेको बताए । त्यसैगरी उनले शुक्रबार गोकर्णेश्वर ७ स्थित शान्तिनगरमा भएको कांग्रेसको पार्टी प्रवेश कार्यक्रममा कांग्रेसले दावी गरेको जस्तो माओवादीको वडा कमिटिका अध्यक्ष बाहेक सबै कांग्रेसमा प्रवेश गरेको नभई माओवादीका ५ जना मात्र प्रवेश गरेको दावी गर्दै भ्रममा नपर्न आग्रह गरे ।

उनले दुश्प्रचार प्रति सचेत रहन मिडिया, पार्टीपंक्ति तथा क्षेत्रवासीलाई समेत आग्रह गरेका छन् ।