आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

राप्रपाको घरदैलो चामुण्डा मन्दिरबाट शुरु, जोरपाटीमा ३ बजे आमसभा हुने 

गोकर्णेश्वर खबर२६ कार्तिक २०७९, शनिबार ११:०१ मा प्रकाशित (१ साल अघि) १३२ पाठक संख्या

२६ कार्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको घरदैलो आज शनिबार चामुण्डा मन्दिरबाट शुरु भएको छ । राप्रपाको आज गोकर्णेश्वर नगरपालिका वडा नं. ५ मा घरदैलो गर्ने कार्यक्रम रहेको छ ।

घरदैलोमा काठमाडौं क्षेत्र नं. ३ अन्तर्गत राप्रपाका उम्मेदवारहरु प्रतिनिधि सभाका उम्मेदवार अधिवक्ता गणेश गिरी र प्रदेश (क) का चुण्डि लामा, प्रदेश (ख) का उम्मेदवार कमल सुनार सहित राप्रपाका क्षेत्रीय स्तरका नेता, कार्यकर्ता, शुभचिन्तकहरुको सहभागिता रहेको छ ।

आज जोरपाटी चोकमा आमसभा

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जोरपाटी चोकमा आमसभा गर्ने भएको छ । दिउसो ३ बजे जोरपाटी चोकमा आमसभा हुने भएको हो ।
आमसभालाई राप्रपाका महामन्त्री भुवन पाठक, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा, राप्रपाका धार्मिक संगठन संयोजक पुष्पराज पुरुष सहित क्षेत्र नं. ३ का उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी मंसिर १ गते बौद्ध टाउन प्लानिंगमा रहेको फुटबल मैदानमा राप्रपाले आमसभा गर्ने भएको छ । बौद्धमा हुने आमसभालाई राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका गोकर्णेश्वर नगर सचिव नविन काफ्लेले जानकारी दिए ।