आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

गोकर्णेश्वर ७ को माओवादी केन्द्रका अध्यक्ष बाहेक सिङ्गै वडा कमिटि कांग्रेसमा प्रवेश

गोकर्णेश्वर खबर२५ कार्तिक २०७९, शुक्रबार २३:५८ मा प्रकाशित (१ साल अघि) ५२० पाठक संख्या

२५ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ७ को नेकपा माओवादी केन्द्रको वडा कमिटि अध्यक्ष बाहेक सिङ्गै वडा कमिटि कांग्रेसमा प्रवेश गरेको छ । आज माओवादी केन्द्रका वडा कमिटि उपाध्यक्ष अर्जुन श्रेष्ठ सहित झण्डै एक सय जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

आज वडा नं. ७ स्थित हात्तिकुलो मार्गमा भएको पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापति तथा काठमाडौं ३ का प्रतिनिधि सभा उम्मेदवार सन्तोष चालिसे र प्रदेश (ख) का उम्मेदवार विमल ठकुरीले टिका खादा लगाएर नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए ।

वाईसीयल गोकर्णेश्वर नगरपालिकाका पूर्व नगर संयोजक सुशिल कुमार बर्माका अनुसार गोकर्णेश्वर नगरपालिका वडा नं. ७ को नेकपा माओवादी केन्द्रको वडा कमिटि अध्यक्ष बाहेक सिङ्गै वडा कमिटि कांग्रेसमा प्रवेश गरेको हो ।

आज पार्टी प्रवेश गर्नेहरुमा वाईसीयल गोकर्णेश्वर नगरपालिकाका पूर्व नगर संयोजक सुशिल कुमार बर्मा, शान्तिनगर टोलसुधार समितिका अध्यक्ष शान्ति अधिकारी आचार्य, माओवादी केन्द्रका वडा कमिटि सदस्य तथा अन्य संगठित सदस्यहरु सहित गमला बस्नेत, रोशन बस्नेत, मुना श्रेष्ठ, भिम श्रेष्ठ, रमण बस्नेत, प्रकाश श्रेष्ठ, कान्छा श्रेष्ठ, काजीलाल श्रेष्ठ, रेणु श्रेष्ठ, कान्छी लामा लगायत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रमको संयोजन माओवादी केन्द्रका वडा कमिटि उपाध्यक्ष अर्जुन श्रेष्ठले गरेका थिए भनें उपसंयोजन नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश (ख) का युवा संयोजक तथा प्रदेश (ख) कमिटि सदस्य सुजन थापाले गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका गोनपा ७ का इकाई सभापति कुमार अर्याल, काठमाडौं क्षेत्र नं. ३ का कांग्रेसका क्षेत्रीय सदस्य विनोद गुरुङ लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

लोकतन्त्र र संघीयता प्रतिको आश्था तथा स्थानीय क्षेत्रको विकासका लागि प्रतिबद्धता व्यक्त गर्दै सामुहिक छलफलबाट सामुकि रुपमै नेपाली कांग्रेस पार्टी प्रवेश गरेको वाईसीयल गोकर्णेश्वर नगरपालिकाका पूर्व नगर संयोजक सुशिल कुमार बर्माले बताए ।

यसैगरी, नेपाली कांग्रेसमा नवप्रवेशीहरुलाई स्वागत गर्दै उम्मेदवार द्वय कांग्रेसका क्षेत्रीय सभापति तथा काठमाडौं ३ का प्रतिनिधि सभा उम्मेदवार सन्तोष चालिसे र प्रदेश (ख) का उम्मेदवार विमल ठकुरीले कांग्रेस पार्टी सैद्धान्तिक र व्यवहारिक रुपमा लोकतान्त्रिक पार्टी भएकोले पार्टीमा सबै सामाजिक विविधता अटाउन सक्ने र भोलीका दिनमा पार्टी संगठनमा सबैलाई समेट्दै अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।