आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

कांग्रेसको पक्षमा जनलहर : आजको कांग्रेसको घरदैलो बौद्धमा

गोकर्णेश्वर खबर२५ कार्तिक २०७९, शुक्रबार १६:२२ मा प्रकाशित (१ साल अघि) १९८ पाठक संख्या

२५ कार्तिक, काठमाडौं । नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. ३ को घरदैलो अभियान आज काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धमा भएको छ । शुक्रबार बिहान बौद्ध पिपलबोटबाट शुरु भएको घरदैलो वडाका विभिन्न टोल क्षेत्रमा पुगी कुशल व्यांकेट बौद्धमा पुगेर समापन भएको थियो ।

कंग्रेको घरदैलो प्रतिनिधिसभा उम्मेदवार सन्तोष चालिसे र प्रदेश (क) का उम्मेदवार छिरिङ दोर्जे लामा, समानुपातिक उम्मेदवार गोविन्द पुडासैनी सहित भएको थियो ।

काठमाडौं क्षेत्र नं. ३ मा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका नेता सन्तोष चालिसे प्रतिनिधि सभा उम्मेदवार छन् । यसैगरी प्रदेश सभा (क) मा छिरिङ दोर्जे लामा र प्रदेश सभा(ख) मा बिमल ठकुरी उम्मेदवार छन् । प्रतिनिधि सभाको समानुपातिक तर्फ पूर्व मन्त्री अम्बिका बस्नेत र गोविन्द पुडासैनी उम्मेदवार रहेका छन् ।

बौद्ध पिपलबोटबाट शुरु भएको घरदैलो बौद्धनाथको परिक्रमा पछि टुसाल, मेनरोड हुँदै, बौद्ध ओरालो, अरुणिमा, टाउन प्लानिंग हुँदै खरिबोट सरकारी धारा, मेनरोड हुँदै सानो टुसाल, टाउन प्लानिंग, समता, शान्तिपार्क हुँदैसाँध गल्लि, पाटिटार, बौद्धनगर हुँदै कुशल ब्यांकेटसम्म पुगेर समापन भयो ।

घरदैलोमा स्थानीयहरुले कांग्रेसका उम्मेदवारहरुलाई घरघरमा टिका, माला, खादाले स्वागत गर्दै विजयको अग्रिम शुभकामना दिएका थिए । कांग्रेसको पक्षमा क्षेत्रमा जनलहर बढीरहेको देखिन्छ । कांग्रेसका निर्वाचन प्रचार प्रसार संयोजक हरिबोल भण्डारीका अनुसार क्षेत्रमा कांग्रेको पक्षमा धेरै राम्रो माहौल तयार भईसकेको छ । कांग्रेसको जित सुनिश्चित छ । भण्डारीका अनुसार अब फराकिलो मत अन्तरले जित्ने भन्नेमा कांग्रेसको जोड रहेको छ । उनले काठमाडौं क्षेत्र नं. ३ मा कांग्रेसको जीतलाई कसैले रोक्न नसक्ने दावी गरे ।