आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

कांग्रेसको घरदैलो गोकर्णेश्वर ९ मा, उम्मेदवारलाई घरघरमा व्यापक स्वागत

गोकर्णेश्वर खबर२३ कार्तिक २०७९, बुधबार १६:०५ मा प्रकाशित (१ साल अघि) १२७ पाठक संख्या

२३ कार्तिक, काठमाडौं । नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. ३ को घरदैलो अभियान आज गोकर्णेश्वर नगरपालिका वडा नं. ९ मा भएको छ ।

बुधबार गोकर्णेश्वर ९ मा प्रतिनिधिसभा उम्मेदवार सन्तोष चालिसे र प्रदेश (क) का उम्मेदवार छिरिङ दोर्जे लामा, समानुपातिक उम्मेदवार गोविन्द पुडासैनी सहित घरदैलो भएको थियो ।

काठमाडौं क्षेत्र नं. ३ मा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका नेता सन्तोष चालिसे प्रतिनिधि सभा उम्मेदवार छन् । यसैगरी प्रदेश सभा (क) मा छिरिङ दोर्जे लामा र प्रदेश सभा(ख) मा बिमल ठकुरी उम्मेदवार छन् । प्रतिनिधि सभाको समानुपातिक तर्फ पूर्व मन्त्री अम्बिका बस्नेत र काङ्ग्रेसका काठमाडौं सचिव गोविन्द पुडासैनी उम्मेदवार रहेका छन् ।

आज आरुबारी चोकबाट शुरु भएको घरदैलो हातेमालो एरिया, आरुबारी पानिखोल्सा, शंखपार्क, शिवपुरी चोक, गोकर्णेश्वर ब्यांकेट हुँदै आरुबारीमा आई समापन भएको थियो ।

घरदैलोमा स्थानीयहरुले कांग्रेसका उम्मेदवारहरुलाई घरघरमा टिका, माला, खादाले स्वागत गर्दै विजयको अग्रिम शुभकामना दिएका थिए ।