आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

कारवाहीमा परे वागी उम्मेदवार दीपेन्द्र लामा र श्रीकृष्ण ज्योती

गोकर्णेश्वर खबर२२ कार्तिक २०७९, मंगलवार २३:०२ मा प्रकाशित (१ साल अघि) ३६२ पाठक संख्या

२२ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसले देशभरमा बागी उम्मेदवार बन्ने र उनीहरुलाई समर्थक प्रस्तावक बस्ने ७४ जनालाई कारबाही गरेको छ । काठमाडौं क्षेत्र नं. ३ बाट श्रीकृष्ण ज्योती र दिपेन्द्र लामा कारबाहीमा परेका छन् ।

ज्योती कांग्रेसका पूर्व नगर सभापति हुन् भनें लामा काठमाडौं महानगरपालिका वडा नं. ६ को पूर्व अध्यक्ष हुन् । कारबाहीमा परेका श्रीकृष्ण ज्योतीको नाम ३० नम्बरमा र दीपेन्द्र लामाको नाम ३१ मा रहेको छ ।

ज्योतीले काठमाडौं क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् भनें प्रदेश सभा (क) बाट लामाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मंगलबार बसेको पार्टीको अनुशासन समितिले लामा र ज्योती सहित ७४ जनालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरी कारवाही गरेको हो । पार्टी र गठबन्धनले खडा गरेको आधिकारिक उम्मेदवार विरुद्ध जानेलाई कारबाही गर्ने चेतावनी कांग्रेसले पहिल्यै दिएको थियो ।

देशभरबाट ७४ जना को को कारबाहीमा परे हेर्नुहोस् :-