आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

काठमाडौं ३ कांग्रेसको घरदैलो आज गोनपा ६ मा 

गोकर्णेश्वर खबर२२ कार्तिक २०७९, मंगलवार १३:०५ मा प्रकाशित (१ साल अघि) १२७ पाठक संख्या

२२ कार्तिक, काठमाडौं । नेपाली काङ्ग्रेस काठमाडौ निर्वाचन क्षेत्र नम्बर ३ को घरदैलो अभियान अन्तर्गत आज मंगलबारको घरदैलो कार्यक्रम गोकर्णेश्वर वडा नं. ६ मा सम्पन्न भएको छ ।

घरदैलोका क्रममा काठमाडौं क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सन्तोष चालिसे, प्रदेश (ख) का उम्मेदवार विमल ठकुरी, समानुपातिक उम्मेदवार गोविन्द पुडासैनीलाई स्थानीयले व्यापक उत्साहका साथ घरघरमा टिका, माला खादाले स्वागत गर्दै विजयको शुभकामना दिएका छन् ।

घरदैलो अभियानमा क्षेत्रीय प्रचार संयोजक हरिबोल भण्डारी, इकाई सभापति दीपक लामा, नगर सभापति कुमार लामा लगायत उल्लेख्य संख्यामा कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुकहरुको उपस्थिती रहेको थियो ।

कांग्रेसको गोनपा ६ इकाई कार्यालयबाट शुरु भएको घरदैलो अर्याल गाँउ, पप्पु धारा, तामाङ्ग गुम्बा हाम्रो गुठी, विपुल, साँधगल्ली, शुभम टोल, पुजारी टोल, सर्वेश्वर मन्दिर, सृजना टोल, बन्चरेटार, नयाँबस्ती क्लब, पुरानो टिएनपि कार्पेट, मिलनचोक, अरूण ज्योती स्कूलबाट बराल पेट्रोल पम्प, चामुण्डा गेट, चामुण्डा मन्दिर, घिमिरे गाँउ, छहारी क्लब, आम्दा अस्पताल, शंकर चौक, चामुण्डा स्कूल, नारायणटार चोक हुँदै जोरपाटी ओरालो गैरी गाँउहुँदै पिस व्याडकेटमा पुगेर समापन भएको छ ।