आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

राप्रपाले आज गोकर्णेश्वर मन्दिर परिसरमा आमसभा गर्ने 

गोकर्णेश्वर खबर२२ कार्तिक २०७९, मंगलवार ०८:२५ मा प्रकाशित (१ साल अघि) ३८३ पाठक संख्या

२२ कार्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आमसभा गर्ने भएको छ । काठमाडौं क्षेत्र नं. ३ अन्तर्गत आज गोकर्णेश्वर मन्दिर परिसरमा आमसभा हुन लागेको हो ।

आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा लक्षित चुनावी सभालाई राप्रपाका विभिन्न नेताले सम्बोधन गर्ने राप्रपा क्षेत्र नं. ३ ले जनाएको छ । आमसभा आज मंगलबार दिउसो ३ बजेबाट शुरु हुनेछ ।

आजको आमसभालाई राप्रपाका महामन्त्री भुवन पाठक, वागमति प्रदेश समितिका प्रमुख विक्रम थापा, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा लगायत क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार अधिवक्ता गणेश गिरी र प्रदेश (क) का चुण्डि लामा, प्रदेश (ख) का उम्मेदवार कमल सुनार सहितले सम्बोधन गर्नेछन् ।

यसैगरी, राप्रपाले कार्तिक २४ गते आलापोट, कार्तिक २६ गते जोरपाटी चोक र मंसिर १ गते बौद्ध फुटबल ग्राउण्डमा आमसभा गर्नेछ ।