आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

विकेश श्रेष्ठलाई कांग्रेस काठमाडौं ३ प्रदेश (ख) को कार्यवाहक सभापतिको जिम्मेवारी

गोकर्णेश्वर खबर२१ कार्तिक २०७९, सोमबार १४:१० मा प्रकाशित (१ साल अघि) १०९ पाठक संख्या

२१ कार्तिक, काठमाडौं । नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं. ३, प्रदेश सभा ‘ख’ को कार्यबाहक सभापतिको जिम्मेवारी विकेश श्रेष्ठले पाएका छन् । आज प्रदेश (ख) का सभापति विमल ठकुरीले कार्यबाहक जिम्बेवारी प्रदान गरेका हुन् ।

श्रेष्ठलाई आज कार्तिक २१ गते देखि मंसिर १० गते सम्मका लागि कार्यवाहक दिईएको छ । श्रेष्ठ प्रदेश सभा ‘ख’ समितिका उप सभापति समेत हुन् । मंसिर ४ गतेको आसन्न चुनावमा प्रदेश सभा सदस्यमा आफूले उम्मेदवारी दिएका कारण प्रदेश समितिको कार्यसञ्चालन नियमित र सहज होस् भन्ने भावनाले श्रेष्ठलाई कार्यवाहक दिएको ठकुरीले बताए ।

प्रदेश (ख) का सभापति विमल ठकुरीलेकार्यवाहक जिम्वेवारी तोकिएको पत्रमा भनिएको छ ‘नेपाली काँग्रेस काठमाण्डौं जिल्ला क्षेत्र नं. ३, प्रदेश सभा ’ख’ सभापति आसन्न २०७९।०८।०४ गते सम्पन्न हुने आम निर्वाचनमा नेपाली काँग्रेस पार्टीको तर्फबाट प्रदेश सभा ‘ख’ को प्रत्यक्ष तर्फ उम्मेदवार भएकोले कार्य व्यस्थताको कारण पार्टीको गतिविधि संचालन गर्न कठिनाई भएकोले २०७९।०८।१० गते सम्म पार्टी संगठनलाई क्रियाशिल बनाई राख्न तपाईलाई कार्यबाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको छ ।’