आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

प्रलभ बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न

गोकर्णेश्वर खबर१९ कार्तिक २०७९, शनिबार २०:२९ मा प्रकाशित (१ साल अघि) १४९ पाठक संख्या

१९ कार्तिक, काठमाडौं । प्रलभ बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभा सहकारीका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षता तथा गोकर्णेश्वर ९ का वडा अध्यक्ष राजिव थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष राजिव थापाले सहकारीले स्थानीय क्षेत्रको विकासमा पुर्याएको योगदान महत्वपूर्ण भएकोमा जोड दिंदै सहकारी क्षेत्रको विकासका लागि नगरपालिका र वडाले समन्वयात्मक कार्यहरु गरिरहेको बताए ।

साधारण सभामा अध्यक्ष दिनेश भण्डारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी, सचिव कुमार बोगटीले सचिवको प्रतिवेदन, आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजु श्रेष्ठ र लेखासमिति संयोजक राजकुमार श्रेष्ठले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैगरी, प्रलभ सहकारीले १० प्रतिशत लाभांश वितरण गरेको छ । साधारण सभा आज गोकर्णेश्वर नगरपालिका वडा नं. ९ मा रहेको सुनगाभा ब्यांकेटमा भएको थियो ।