आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

नेकपा एमाले काठमाडौं ३ को घरदैलो अभियान भूमिस्थलीबाट शुभारम्भ

गोकर्णेश्वर खबर१८ कार्तिक २०७९, शुक्रबार १२:५९ मा प्रकाशित (१ साल अघि) २१० पाठक संख्या

१८ कार्तिक, काठमाडौं । नेकपा एमाले काठमाडौ निर्वाचन क्षेत्र नं. ३ ले घरदैलो अभियान आज गोकर्णेश्वर नगरपालिका वडा नं. २ भूमिस्थलीबाट शुभारम्भ गरेको छ ।

आज एमालेका प्रतिनिधि सभाका उम्मेदवार कृष्ण राई, प्रदेश (ख) का उम्मेदवार रामेश्वर फूयाल र समानुपातिक उम्मेदवार सहित घरदैलो अभियान शुरु भएको हो ।

एमालेको अभियान भूमिस्थलीबाट नयाँपाटी, वडा कार्यालय हुँदै राईटारमा पुगेर समापन भएको थियो ।

घरदैलो अभियानमा एमालेका नेता कार्यकर्ताहरुले उत्साहका साथ सहभागिता जनाएका छन् भनें स्थानीय मतदाताहरुले उम्मेदवारहरुलाई विजयको अग्रिम शुभकामना व्यक्त गरेका थिए ।