आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

नेपाली काङ्ग्रेस काठमाडौ ३ को घरदैलो अभियान चामुण्डा मन्दिरबाट शुभारम्भ 

गोकर्णेश्वर खबर१८ कार्तिक २०७९, शुक्रबार ११:१९ मा प्रकाशित (१ साल अघि) १७९ पाठक संख्या

१८ कार्तिक, काठमाडौं । नेपाली काङ्ग्रेस काठमाडौ निर्वाचन क्षेत्र नम्बर ३ ले आजबाट घरदैलो अभियान शुरु गरेको छ । आज जोरपाटी चामुण्डा मन्दिरबाट अभियानको शुभारम्भ भएको हो ।

आज कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार सन्तोष चालिसे तथा प्रदेश सभा (क) का उम्मेदवार छिरिङ दोर्जे लामा, प्रदेश (ख) का उम्मेदवार विमल ठकुरी र समानुपातिक उम्मेदवार गोविन्द पुडासैनी सहित घरदैलो अभियान शुरु भएको हो ।

कांग्रेसले आज बिहान चामुण्डा मन्दिरबाट अर्घौतेश्वर, नयाँबस्ती युवा क्लब, बासुकी चोक, सर्वेश्वर मन्दिर, गगननगर, जम्बुडाँडा, छिमेकी पार्टी प्यालेस हुँदै पिस ब्यांकेटसम्म घरदैलो अभियान गरेको हो ।

घरदैलो अभियानमा कांग्रेसका नेता कार्यकर्ताहरुले उत्साहका साथ सहभागिता जनाएका छन् भनें स्थानीय मतदाताहरुले उम्मेदवारहरुलाई विजयको अग्रिम शुभकामना व्यक्त गरेका थिए ।