आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

एमाले बाराका ७६ जना नेताद्वारा सामूहिक राजीनामा 

गोकर्णेश्वर खबर१६ कार्तिक २०७९, बुधबार ०९:१४ मा प्रकाशित (१ साल अघि) ७८ पाठक संख्या

१६ कार्तिक, काठमाडौं । नेकपा एमाले बाराका ७६ जना नेताले सामूहिक राजीनामा दिएका छन् ।

अगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेले बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट कार्यकर्ताको चाहना र भावनाविपरीत क्षेत्र बाहिरबाट ‘टुरिष्ट उम्मेदवार’लाई टिकट दिएको भन्दै उनीहरुले पार्टी परित्याग गरेका हुन् ।

विगत ४० वर्षदेखि क्षेत्र नम्बर ३ मा पार्टीमा आबद्ध भइ काम गर्दै आएका नेता कार्यकर्ताहरुलाई पाखा लगाएर बाहिरबाट आएकालाई उम्मेदवार बनाइएको उनीहरुको आरोप छ ।

क्षेत्र नम्बर ३ मा यसपाली एमालेले प्रतिनिधिसभामा ज्वाला साह र क्षेत्र नम्बर ३ को (२) मा मोहमद समिरलाई उम्मेदवार बनाएको छ । यी दुबै जना पूर्वमाओवादी नेता हुन्। दुबै जना ०७४ सालको निर्वाचनमा प्रदेश सभामा माओवादीबाट निर्वाचित भएका थिए। उनीहरु पछि एमालेमा प्रवेश गरेर अहिले उम्मेदवार भएका हुन् ।

मधेस प्रदेश कमिटी सदस्यहरु श्रीकाजी मोक्तान, उमेश कुशवाहा, कलामुदीन अन्सारी, प्रदीप साह तथा पूर्व सदस्य देवराज घिमिरे रमण, भुनेश्वर साह, प्रमोद यादव, सुनैनादेवीलगायत राजीनामा दिएका हुन् ।