आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

धरानमा रवि लामिछाने नेतृत्वको पार्टीका नेताले पार्टी छोडे

गोकर्णेश्वर खबर१६ कार्तिक २०७९, बुधबार ०९:०९ मा प्रकाशित (१ साल अघि) १४० पाठक संख्या

१६ कार्तिक, काठमाडौं । धरानमा रवि लामेछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश, जिल्ला र नगरका नेताहरुले विभिन्न आरोप लगाउदै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेताहरुले मंगलबार धरानमा पत्रकार सम्मेलनगरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेमा प्रदेश कमिटी सदस्य तथा प्रदेश नं १ निर्वाचन परिचालन कमिटी सभापति सञ्जिव भट्टराई, सुनसरी जिल्ला सचिव तथा प्रदेश नं १ निर्वाचन परिचालन कमिटी उपसभापति प्रेमप्रसाद तिमिल्सिना, धरान उपमहानगर सभापति राम कार्की, धरानका उपसभापति रिचन राई र प्रदेश कमिटी सदस्य शिल्पा भट्टराईसहित अन्य कार्यकर्ताहरुले पार्टी परित्याग गरेको प्रदेश कमिटी सदस्य तथा प्रदेश नं १ निर्वाचन परिचालन कमिटी सभापति सञ्जिव भट्टराईले बताए ।

भट्टराईले पार्टी सञ्चालनको अवस्था, आलोचनाप्रति असहिष्णु नेतृत्व, आर्थिक अपचलन, पार्टी सभापति लामिछानेप्रति लागेका अनैतिक आचरण, अपारदर्शी आर्थिक गतिविधि, विगतमा लागेको आत्महत्या दुरुत्साहन मुद्दा जस्ता आरोपहरु सही त थिएन भन्ने आशंका जन्मिएको र निष्पक्ष छानविनका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउदै कानूनी पक्रियामा जाने निर्णयका साथ पार्टी परित्याग गरेको बताए ।