आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

महोत्तरीको भंगहामा दुई समुदायबीच झएको झडपमा संलग्नलाई कारबाही हुने

गोकर्णेश्वर खबर११ कार्तिक २०७९, शुक्रबार १४:१६ मा प्रकाशित (१ साल अघि) ६३ पाठक संख्या

११ कार्तिक, काठमाडौं । शुक्रबार बसेको सर्वदलीय बैठकले महोत्तरीको भंगहा नगरपालिकामा दुई समुदायबीच झएको झडपमा संलग्नलाई कारबाही गर्ने निर्णय भएको छ । बैठकबाट बिहीबार हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा संलग्न रहेको दोषीलाई कारबाही गर्ने निर्णय भएको हो ।

बैठकले भंगाहा नगरपालिका–८ को पररियामा हिन्दु वाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा असमझदारीका कारण दुई पक्षबीच झडप भएको हो ।

सामाजिक सद्भाव कायम गर्न घटनामा सम्बद्ध दुवै पक्षलाई र आम नागरिकलाई आह्वान गर्ने, घटनामा भएको धनजनको क्षतिको विवरण संकलन गरी क्षतिपूर्तीको सिफारिस गर्न टोली गठन गर्ने र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै तत्काल उपचार खर्चको लागि आवश्यक व्यवस्था गर्न गृह मन्त्रालय मार्फत् नेपाल सरकारमा अनुरोध गर्ने लगायतका निर्णय भएको छ ।

निषेधाज्ञा आज पनि जारी

महोत्तरीको भङ्गाहा नगरपालिकामा धार्मिक सद्भाव भड्कन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा (कफ्र्यू) कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासनले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा आज पनि जारी छ ।