आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

नेपालले युक्रेनको पक्षमा संयुक्त राष्टसंघमा मतदान गर्यो 

गोकर्णेश्वर खबर२७ आश्विन २०७९, बिहीबार ०८:३२ मा प्रकाशित (१ साल अघि) ६१ पाठक संख्या

२७, असोज, काठमाडौं । नेपालले युक्रेनको पक्षमा संयुक्त राष्ट्रसंघमा मतदान गरेको छ । संयुक्त राष्ट्रसङ्घको साधारण सभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।

जारी रुस युक्रेन युद्धका बीचमा नेपालले पनि युक्रेनको पक्षमा मतदान गरेको हो । बुधवार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् ।

यसै गरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए । उक्त प्रस्तावमा भनिएको छ,– ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित रूपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’