आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

एमाले र जसपा बीच चुनावी तालमेल गर्ने सहमती 

गोकर्णेश्वर खबर२२ आश्विन २०७९, शनिबार १४:४८ मा प्रकाशित (१ साल अघि) ३१६ पाठक संख्या

२२ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी नेपाल (जसपा) बीच चुनावी तालमेल भएको छ । अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार साँझ सहमति भएको हो ।

एमालेका महासचिव शंकर पोखरेलका अनुसार शनिबार बिहान एमालेका अध्यक्ष ओली र जसपा अध्यक्ष यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार जसपाले १७ सिट पाउनेछ ।

सहमतिअनुसार एमालेले जसपालाई सप्तरी १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा प्रतिनिधिसभातर्फ सघाउनेछ ।

त्यसैगरी एमाले र जसपाले तालमेल गरी मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । जसपाले एमालेलाई अन्य ठाउँमा सघाउने सहमति गरेको छ ।