आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

असोज ८ गते गोकर्णेश्वर ४ ले निःशुल्क आँखा र दन्त शिविर गर्ने 

गोकर्णेश्वर खबर४ आश्विन २०७९, मंगलवार १७:०५ मा प्रकाशित (१ साल अघि) २२३ पाठक संख्या

४ असोज, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले निःशुल्क आँखा र दन्त शिविर गर्ने भएको छ । कान्ति भैरव हेल्थ केयर सेन्टर प्रा.लि.को आयोजना तथा लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनी, ३२५ डी., स्वर्णिम स्वास्थ्य नेपाल र महिला जागरण समुह भैरव चौरको सहकार्यमा शिविर हुने भएको हो ।

शिविर गोकर्णेश्वर नगरपालिका वडा नं ४ को संयोजकत्वमा असोज ८ गते शनिबार कान्ति भैरब हेल्थ केयर सेन्टर प्रा.लि. उत्तरबाहिनी चोकमा बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म आँखा र दन्त शिविर हुनेछ ।

वडा अध्यक्ष जयराम महतले जारी गरेको सुचनामा भनिएको छ- ‘यस गोकर्णेश्वर नगरपालिका वडा न ४ को संयोजकत्वमा कान्ती भैरव हेल्थ केयर सेन्टर प्रा. लि. को आयोजना तथा लायन्स क्लब अफ काठमाडी उत्तरवाहिनी, ३२५ डी., स्वर्णिम स्वास्थ्य नेपाल र महिला जागरण समूह भैरबचौरको सहकार्यमा … एक दिने आँखा र दन्त शिविर (निःशुल्क जांच, निःशुल्क औषधि वितरण तथा रिडिंग चस्मा वितरण) कार्यक्रम संचालन हुन गैरहेको हुँदा सो शिविरको लाभ लिनु हुन यो सूचना प्रकाशित गरिन्छ ।’