आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

मेक्सिकोमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प

गोकर्णेश्वर खबर४ आश्विन २०७९, मंगलवार १०:४७ मा प्रकाशित (१ साल अघि) १४५ पाठक संख्या

४ असोज, काठमाडौं । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको राष्ट्रिय भूकम्प मापन निकायले ७.४ रेक्टर स्केलको भूकम्प गएको बताएको छ ।

भूकम्प स्थानीय समय अनुसार गए राति ६ बजे गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणले ७.६ रेक्टर स्केलको अनुमान गरेको छ ।

भूकम्पबाट कम्तीमा एक जनाको मृत्यु भएको र धेरैँ मात्रामा भौतिक क्षति भएको बताईए पनि थप विवरण आउन बाँकी रहेको छ ।

भूकम्पको केन्द्रबिन्दु मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर (३७ माइल) दक्षिणमा रहेको भूकम्पविद्हरूले बताएका छन् ।