आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

विदेशी मुद्राको सञ्चितिले ८ महिनाको आयात धान्ने 

गोकर्णेश्वर खबर३१ भाद्र २०७९, शुक्रबार ०७:५१ मा प्रकाशित (१ साल अघि) ९५ पाठक संख्या

३१ भदौ, काठमाडौं । विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार बैङ्किङ क्षेत्रसँग हाल सञ्चित रहेको नौ अर्ब ४२ करोड डलर (११ खर्ब ९८ अर्ब रुपियाँ)बाट आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।

यो असारको तुलनामा एक महिनाभन्दा बढीले वृद्धि हो । राष्ट्र बैङ्कले विदेशी मुद्राको सञ्चिति घटे पछि वस्तु तथा सेवाको आयातमा केही कडाई गरेको थियो ।

असार मसान्तसम्म सञ्चिति विदेशी मुद्राबाट ६.९४ महिनाको मात्र वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्थ्यो । त्यस्तै साउनसम्म सञ्चित रहेको विदेशी मुद्राबाट ९.४ महिनाको वस्तु आयात धान्न सकिने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

विदेशी मुद्रा सञ्चिति पर्याप्तता सूचकमा सुधार आए पनि विदेशी मुद्राको सञ्चित रकम भने घटेको छ । असारसम्म नौ अर्ब ५४ करोड डलर सञ्चिति रहेकामा साउनमा १२ करोड डलर घटेर नौ अर्ब ४२ करोड डलर कायम भएको छ ।