आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गोकर्णेश्वर ४ ले उन्नत जातको फलफुलका विरुवा वितरण गर्ने 

गोकर्णेश्वर खबर३० भाद्र २०७९, बिहीबार १९:२९ मा प्रकाशित (१ साल अघि) ३२४ पाठक संख्या

३० भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ ले उन्नत जातको फलफुलका विरुवा वितरण गर्ने भएको छ । स्थानीय वडाबासीहरुलाई उन्नत जातको फलफुलका विरुवा (कागती, सुन्तला र मुन्तला) को विरुवा वितरण गर्ने भएको हो ।

वडाले असोज ४ गते मंगलबार वडाको सभाहलमा विरुवा वितरण गर्ने कार्यक्रम राखेको छ । कार्यक्रम बिहान ११ बजे हुनेछ ।

फलफुलका विरुवा लिन चाहने वडावासीले चालु आ.व. ०७९/८० को सम्पत्ति कर तिरेको रसिदको फोटोकपी र नागरिकताको फोटोकपी पेश गर्नु पर्नेछ ।