आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

हर्क साम्पाङले चुनाव जितेको ४ महिनामै धरानमा पानी 

गोकर्णेश्वर खबर२८ भाद्र २०७९, मंगलवार १५:३५ मा प्रकाशित (१ साल अघि) १५६ पाठक संख्या

२८ भदौ, काठमाडौं । हर्क साम्पाङले चुनाव जितेको ४ महिनामै धरानमा पानी ल्याउन सफल भएका छन् । उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । उनी पानी ल्याउन सफल भएका छन् ।

मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भए ।

उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै खुसी साटेका छन् । उनले लेखेका छन् ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’

फेसबुक पेजमा शेयर गरिएको भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।