आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

गोकर्णेश्वरले मनायो ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवस

गोकर्णेश्वर खबर२३ भाद्र २०७९, बिहीबार २३:२४ मा प्रकाशित (१ साल अघि) १४६ पाठक संख्या

२३ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले एक कार्यक्रम आयोजना गरी ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवस मनाएको छ ।

आज शिक्षा शाखाले नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यता तथा उप प्रमुख सान्नानी लामाको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी अन्तराष्ट्रिय साक्षरता दिवस मनाएको हो । कार्यक्रममा शिक्षा क्षेत्रमा विविध पक्षहरुको बारेमा चर्चा गरिएको थियो ।

गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दीपक रिसालले शैक्षिक क्षेत्रमा भएको राजनीतिकरण नगरी शैक्षिक गुणस्तर सुधार्न सबै पक्षले मिलेर काम गर्नु पर्ने बताए । यसैगरी उपमेयर सान्नानी लामाले शैक्षिक विकास विना सामाजिक विकास नहुने भएकोले शैक्षिक विकासमा सहकार्य गर्न नगरपालिका सँधै तयार रहेको बताईन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वैकृण्ठ प्रसाद सापकोटा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दण्डपाणी शर्मा, वडा अध्यक्ष नारायण बहादुर सुवेदी, नन्दलाल श्रेष्ठ, वडा सदस्यहरु लगायत विभिन्न शैक्षिक तथा पेशागत संस्थाका प्रतिनिधिहरु हरिकृष्ण श्रेष्ठ, ओम प्रसाद ढकाल, दुर्गानाथ सिपाकोटी, सौर्यनाथ आचार्य, बौद्ध इन्टरनेशनल स्कुलका प्रिन्सिपल हरि लामा लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा काठमाडौं प्याब्सनका सचिव सुदर्शन थापा तथा नगर शिक्षा समिती सदस्य कृष्णप्रसाद नेपाल, सम्मानित व्यक्तित्वहरुका तर्फबाट यादव प्रसाद पौडेलले आफ्नो धारणा राखेका थिए ।

शाखाले २०७८ सालको एसईईमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो । यसैगरी सेवा निवृत्त शिक्षकहरुलाई दोसल्ला ओडाएर सम्मान गरेको थियो । सेवा निवृत्त भई सम्मानित हुनेहरुमा गोमा नेपाल, लक्ष्मण बहादुर खड्का, भगवती भट्टराई, गोकर्णप्रसाद ढकाल, सत्यभामा थापा, ललिता पौडेल, गौतम खनाल, अन्जु द्विवेदी, यादवप्रसाद पौडेल, लक्ष्मी लामा, उमा अर्याल, गीता कुमारी भट्टराई, भुलन यादव रहेका छन् ।

कार्यक्रम सञ्चालन शिक्षा शाखाका अधिकृत टेकेन्द्र ढकालले गरेका थिए । कार्यक्रममा कान्ति भैरव गुरुकुलका छात्रहरुले स्वस्तिवाचन गरेका थिए ।