आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षा गार्ड पक्राउ

गोकर्णेश्वर खबर१९ भाद्र २०७९, आईतवार १९:२३ मा प्रकाशित (१ साल अघि) २०८ पाठक संख्या

१९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षा गार्ड पक्राउ परेका छन् । शुक्रबार व्यक्तिगत कामको सिलसिलामा ठमेलस्थित छायाँ सेन्टर पुगेका श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षा गार्डलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने तयारी भएको छ ।

सुरक्षा गार्डले भिसाका लागि बायोमेट्रिक विवरण दिन ठमेलको छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठभन्दा अगाडि थुप्रै सेवाग्राही भएकोले मन्त्रीलाई लाईनमा बसेर आउन आग्रह गरेका थिए । गरुड सेक्युरिटी कम्पनीसँग आबद्ध सुरक्षा गार्ड शेरजंग गुरुङले मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गरे पछि मन्त्री श्रेष्ठसँग भनाभन भएको थियो । ठेलमठेलबीच मन्त्री श्रेष्ठ काम सकेर मन्त्रालय फर्किएका थिए ।

मन्त्रालयले छाया सेन्टरस्थित व्यक्तिगत काममा गएका बखत मन्त्रीमाथी सुरक्षा गार्डबाट दुव्र्यवहार भएको भन्दै कारबाहीका लागि गृह मन्त्रालयमा पत्र पठाए पछि शुक्रबार गृहले सो पत्र प्रहरी प्रधान कार्यालय पठाइदिएको थियो ।

प्रहरी प्रधान कार्यालयबाट मातहतका कार्यालय हुँदै पत्र दरबारमार्ग वृत्तमा पत्र पुगेको थियो । त्यसकै आधारमा पक्राउ परेका सुरक्षा गार्ड गुरुङ दरबारमार्ग प्रहरीको हिरासतमा छन् ।