आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले बालुवाटार घेराउ गर्ने 

गोकर्णेश्वर खबर१४ भाद्र २०७९, मंगलवार २२:२० मा प्रकाशित (१ साल अघि) २६२ पाठक संख्या

१४ भदौ, काठमाडौं । मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले बालुवाटार घेराउ गर्ने भएको छ । समितिले काठमाडौंमा सडक संघर्ष गरेको एक महिना पुग्न लागेको सन्दर्भमा समितिले प्रधानमन्त्री निवास बालुवाटारमा घेराउ गर्न लागेको हो ।

समितिले १६ गते बिहीबार २ बजे बालुवाटार मार्च गर्नेछ । पिडितहरुले दोषी मिटरब्याजी साहुहरुलाई धरौटीमा छुट्न नदिन सरकारसँग माग गरेका छन् । साथै उनीहरुले ऋणभन्दा बढी रकम तिरिसकेका पीडितहरुलाई ऋणमुक्त घोषणा गर्न पनि माग गरेका छन् ।

मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले बालुवाटार मार्चमा साथ दिन सबैलाई अपिल पनि गरेका छन् ।