आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

अनधिकृत संरचना हटाउँदै बालेन

गोकर्णेश्वर खबर८ भाद्र २०७९, बुधबार १६:३५ मा प्रकाशित (१ साल अघि) ३०६ पाठक संख्या

८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका संरचना भत्काउने कामलाई तिव्रता दिएको छ। बुधबार दिउँसो मेयर बालेन्द्र शाहको उपस्थितिमा महानगरको टोलीले न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना भत्काइदिएको छ ।

ती संरचना भत्काउने क्रममा मेयर शाहसँगै नेपाल प्रहरी र महानगरीय प्रहरीको टोली खटिएका थिए । यसअघि महानगरको टोलीले सुन्धारास्थित काठमाडौं मलको अनधिकृत संरचना भत्काइदिएको पनि भत्काइदिएको छ ।

बुधबार महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो । यस्तै सोमबार पनि महानगरले बानेश्वर क्षेत्रमा अन्य रूपमा प्रयोजन भइरहेका पार्किङ संरचना भत्काएको थियो । महानगरले ३५ दिने सूचना दिँदा पनि अटेरी गरेपछि अनधिकृत संरचना भत्काउन थालेको हो ।

नक्शामा स्वित गरिएको भन्दा फरक प्रयोजनका लागि संरचना प्रयोग गरिएको भन्दै त्यस्ता संरचना हटाउन मेयर बालेन शाह कडा एक्सनमा उत्रिएका हुन् ।