आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

गायक नविन के.सी.को ‘घर हाम्रो भक्तपुर’ बोलको गित बजारमा 

गोकर्णेश्वर खबर५ भाद्र २०७९, आईतवार २३:४४ मा प्रकाशित (१ साल अघि) १८५ पाठक संख्या

५ भदौ, काठमाडौं । गायक नविन के.सी.को ‘घर हाम्रो भक्तपुर’ बोलको गित बजारमा आएको छ । माया प्रेमको भावना समेटिएको र नविन के.सी.को पहिलो प्रस्तुती समेत रहेको गीतमा नविन के.सी., सरु गौतम र सुमी गुरुङको स्वर रहेको छ ।

‘मेरो माया नम्बरी सुन जस्तो, पूर्णिमाको उदाउने जुन जस्तो, घर हाम्रो भक्तपुर’ बोलको गीतमा नविन के.सी. र राजेश ढकालको लिरिक्स रहेको छ भनें म्युजिक एरेञ्ज पुर्ण गुरुङले गरेका छन् ।

गीतको भिडियोमा चर्चित कलाकारहरुको अभिनय रहेको छ । गीतमा राजन चौंलागाई खैरातें, अम्बिका कार्की, राजेन्द्र गिरी गुन्द्रुके, मिना गिरी, प्रकाश बिडारी, सोनी गुरुङ, घनश्याम तिमल्सिना एण्टेना लगायतको अभिनय रहेको छ भनें बालकलाकारहरुमा आयुशा गौतम र निश्चय के.सी. रहेका छन् ।

साईराम पिक्चर्सले बजारमा ल्याएको गीतको भिडियोको सिनेमेटोग्राफी नरेश अयरको टिमले गरेको छ । म्युजिक भिडियोको इडिटर रोणित विशुंखे रहेका छन् भनें निर्देशन कपिल कार्कीले गरेका छन् ।