आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

सर्वसुलभ र गुणस्तरीय शिक्षाका लागि समर्पित खगेन्द्र मेमोरियल कलेज

गोकर्णेश्वर खबर१ भाद्र २०७९, बुधबार १८:१४ मा प्रकाशित (१ साल अघि) ३१३ पाठक संख्या

१ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नारायणटारमा रहेको खगेन्द्र मेमोरियल कलेजले सर्वसुलभ र गुणस्तरीय शिक्षा दिईरहेको छ ।

अनुभवि अध्यापकहरुबाट अध्यापन गराउँदै आएको कलेज अपांगता मैत्री हुनुका साथै आधुनिक प्रविधि आईसीटी माध्यमबाट अध्यापन गराउँदै आएको छ ।

व्यवस्थापन, मानविकी, शिक्षा, कानूनका विषयहरु पढाई हुने कलेजमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था रहेको छ भनें अपांगता भएका विद्यार्थीहरुलाई आवाशीय छात्रवृत्ति सहित निःशुल्क शिक्षाको व्यवस्था रहेको छ ।

सामाजिक सेवा भावबाट सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा दिने उदेश्यले खगेन्द्र मेमोरियल कलेज सञ्चालन भएकोले निर्धक्क रुपमा भर्ना भई अध्ययन गर्न अनुरोध गर्दछन् व्यवस्थापन समितिका अध्यक्ष तथा गोनपा ६ का पूर्व वडा अध्यक्ष रमेश अर्याल ।

खगेन्द्र मेमोरियल कलेज विद्यार्थीहरुलाई प्रयोगात्मक र जीवन उपयोगी शिक्षा दिई सक्षम नागरिक बनाउने उदेश्यले स्थापना गरिएकोले विद्यार्थीहरुको रोजाईमा परेको बताउँछन् प्रिन्सिपल राघव प्रसाद दवाडी ।

प्रिन्सिपल राघव प्रसाद दवाडीका अनुसार कुशल व्यवस्थापनसहित अनुभवि अध्यापकहरुबाट अध्यापन गराउँदै आएको कलेजमा विषयगत प्रयोगशाला, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब भएकोले विद्यार्थीहरुले महंगा कलेजमा पाउने जस्तै उत्कृष्ठ शैक्षिक वातावरण पाउँछन् ।