आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

१ लाख म्यादी प्रहरीको भर्ना खुल्दै

गोकर्णेश्वर खबर२० श्रावण २०७९, शुक्रबार ०६:३१ मा प्रकाशित (१ साल अघि) ३४० पाठक संख्या

काठमाडौं । सरकारले मंसिर ४ गते चुनाव गर्ने गरी मिति घोषणा गरेपछि म्यादी प्रहरीको भर्ना फेरि खुल्ने भएको छ । निर्वाचनका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको हो ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भन्दै म्यादी प्रहरी भर्ना खोल्न लागिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार अब प्रदेश तथा प्रतिनिसभा निर्वाचनका लागि विशेष योजना बन्छ, त्यही अनुसार म्यादी प्रहरीको भर्ना खुल्नेछ । सुरक्षा योजनालाई केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि लागू हुन्छ ।

चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहनेछ । तपाईंलाई जानकारी गराउ म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ । स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।