आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

बिहिबार कागेश्वरी-मनोहरा महोत्सवमा गायिका टिका प्रसाई र दृष्टिविहिन गायकको प्रस्तुती रहने 

गोकर्णेश्वर खबर१८ श्रावण २०७९, बुधबार २१:४७ मा प्रकाशित (१ साल अघि) ५९३ पाठक संख्या

१८ साउन, काठमाडौं । प्रथम कागेश्वरी-मनोहरा (गोठाटार) महोत्सवमा भोली बिहिबार चर्चित गायिका टिका प्रसाई र दृष्टिविहिन गायक प्रकाश तिमल्सिनाको प्रस्तुती रहने भएको छ ।

चर्चित गायिका टिका प्रसाईको ‘नाई मलाई थाहा छैन’, ‘माया लुकि लुकी’ लगायत धेरै गीतहरु चर्चित रहेका छन् ।

यसैगरी, बिहिबार महोत्सवको दोश्रो दिन राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । आज चर्चित गायिका सरु गौतम र गायक कर्णराज गीरि लगायतले चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।

यसैगरी, रेणुका पुरी र रोशनी पुरी लगायतको नृत्य प्रस्तुति रहेको थियो । कागेश्वरी मनोहरा वडा नं. ८ गोठाटारमा पशुपति क्षेत्र विकास समितिको जग्गा जसलाई लभडाँडाका नामले समेत चिनिन्छ त्यहाँ खालि ठाउँमा हिजो १७ गते उद्घाटन भई शुरु भएको महोत्सव भदौ ५ गतेसम्म सञ्चालन हुनेछ ।