आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

महंगी र भ्रष्टाचारको विरोध गर्दै जोरपाटी चोकमा राप्रपाको मसाल जुलुस

गोकर्णेश्वर खबर१७ असार २०७९, शुक्रबार २२:३३ मा प्रकाशित (१ साल अघि) ३३० पाठक संख्या

१७ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं गोकर्णेश्वर जोरपाटीमा आज साँझ सरकारविरुद्ध मसाल जुलुस निकालेको छ ।

असार १ गते सरकारलाई बुझाइएको ज्ञापनपत्र कार्यान्वयमा ढिलासुस्ती भएको विरोधमा आज शुक्रबार देशैभरी राप्रपाले सरकारविरुद्ध मसाल जुलुस गरेको छ ।

जोरपाटीमा ¥याली सहित निकालिएको मशाल जुलुसमा सहभागिहरुले सरकारको विरुद्ध नारा लगाउँदै देशमा महंगी र भ्रष्टाचार बढिरहेको भन्दै विरोध गरेका थिए ।

जुलुसमा गोकर्णेश्वर नगरपालिकाका ९ वटै कमिटिका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको राप्रपा गोकर्णेश्वर नगर कमिटिले जनाएको छ ।
प्रहरीले जोरपाटी चोकमा मशाल खोसेको थियो भनें जुलुस पछि राप्रपाका नेताहरुले सम्वोधन गरेका थिए ।

जुलुसमा राप्रपाका क्षेत्रीय अध्यक्ष श्याम सुन्दर पण्डित, नगर अध्यक्ष अनिल पराजुली, प्रदेश ख अध्यक्ष नारायण कार्की लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।