आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पत्रकार तारा कार्कीले पाल्पा १ बाट स्वतन्त्र उम्मेदवारी दिने

गोकर्णेश्वर खबर१५ असार २०७९, बुधबार १३:५५ मा प्रकाशित (१ साल अघि) ७२७ पाठक संख्या

१५ असार, काठमाडौं । पत्रकार तारा कार्कीले पाल्पा क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्कीले सो घोषणा गरेका हुन् ।

पर्यटन विद्, पत्रकार, दीगो विकास लिडर, सामाजिक अभियन्ता, गीतकार, उपभोक्ता अधिकारकर्मी जस्ता विभिन्न क्षेत्रमा क्रियाशिल भई बहुयायामिक व्यक्तित्व बनाएका कार्कीले कृषि र पर्यटन क्षेत्रमा क्रान्ति गर्नु पर्ने भएकोले विकासवादी सोच र क्रान्तिकारी योजना बनाएर आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दिन लागेको दावि गरे ।

पाल्पाको समग्र विकासको खाका आफूले बनाईसकेको दावि गर्दै कार्कीले सो योजना जनताको विचमा लैजाने बताए । लुम्बिनीलाई अन्तराष्ट्रिय पर्यटन हब बनाउने योजना रहेको बताउँदै उनले सरोकारवालाहरुसँग सहकार्य, समन्वय गर्दै नेपालमा १ करोड पर्यटक भित्राउने लक्ष्य सहितको योजना, कार्यक्रम बनाउन जनताको विश्वास र जनमतले सरकारलाई दवाव दिन आवश्यक रहेको ठहर गरेर आफूले पाल्पा क्षेत्र नं. १ बाट संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको कार्कीले दावि गरे ।