आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

कांग्रेसबाट गोकर्णेश्वरको उपमेयरमा ३ जना सिफारिस

गोकर्णेश्वर खबर९ बैशाख २०७९, शुक्रबार १०:४३ मा प्रकाशित (२ साल अघि) ८४४ पाठक संख्या

९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसबाट गोकर्णेश्वर नगरपालिकाको उपमेयरमा ३ जना सिफारिसमा परेका छन् ।

नगर कमिटीले नेपाली कांग्रेसबाट वर्तमान उपमेयर शान्ति नेपाल, नेपालि काँग्रेस वागमति प्रदेश सदस्य गीता सिंखडा, काठमाडौं क्षेत्र नं ३ का महिला संघकी सभापति लेख कुमारी पुडासैनी गरी तीन जना सिफारिसमा परेका छन् ।

शान्ति नेपालले गत स्थानीय चुनावमा उपमेयरमा जित हात पारि हाल सम्म गोकर्णेश्वर नगरपालिकाको उपमेयरको कार्यभार सम्हाली रहेकी छन् । उनी नेपालि काँग्रेस काठमाडौँ क्षेत्र नं ३ को महाधिवेशन प्रतिनिधि समेत रहेकी छन् ।

हाल नेपाली काँग्रेस बागमती प्रदेश सदस्य रहेकी गीता सिम्खडाले गत २०७४ सालको स्थानीय चुनाबमा पनि उपमेयरकै दावी गरेकी थिइन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ महिला संघकि सभापति र सोहि क्षेत्रको महाधिबेशन प्रतिनिधि समेत रहेकी लेख कुमारी पुडासैनीले पनि उपमेयरमा दावी गरेकी थिइन् ।