आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

गोकर्णेश्वर ४ को वडा सदस्यमा रेनु श्रेष्ठको दावी

गोकर्णेश्वर खबर७ बैशाख २०७९, बुधबार २०:३० मा प्रकाशित (२ साल अघि) ४११ पाठक संख्या

७ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ४ को वडा सदस्यमा रेनु श्रेष्ठले उम्मेदवारी दावी गरेकी छिन् । बैशाख ३० गते हुने स्थानीय चुनावका लागि नेपाली कांग्रेसका तर्फबाट श्रेष्ठले वडा सदस्यमा दावी गरेकी हुन् ।

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेकी श्रेष्ठ सामाजिक, राजनीतिक क्षेत्रमा क्रियाशिल छिन् । राजनीतिमा महिला सहभागितासँगै निर्णायक पदमा महिला नेतृत्व पनि आवश्यक रहेकोले आफूले वडा सदस्यमा उम्मेदवारीका लागि दावी गरेको गोकर्णेश्वर खबरलाई बताईन् ।

श्रेष्ठले वडाको नेतृत्व लिएर वडाको विकास कार्यको नेतृत्व महिलाले पनि गर्न सक्ने भएकोले आफूले वडा सदस्यमा उम्मेदवारी दावी गरेको बताईन् । उनले सबै पक्षलाई समेटेर वडाको विकासमा भूमिका खेल्ने समेत बताईन् ।