आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

संयमित भएर होली पर्व मनाउन गोकर्णेश्वर नगरवासीलाई अनुरोध

गोकर्णेश्वर खबर२ चैत्र २०७८, बुधबार २०:४५ मा प्रकाशित (२ साल अघि) १५७ पाठक संख्या

२ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले संयमित भएर होली पर्व मनाउन नगरवासीलाई अनुरोध गरेको छ । मंगलबार एक अपिल जारी गर्दै नगरपालिकाले सो अनुरोध गरेको हो ।

नगरपालिकाले जारी गरेको अपिलमा फागु पूर्णिमा/होली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुलाई शुभकामना व्यक्त गर्दै संयमित भएर होली पर्व मनाउन आग्रह गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाद्वारा जारी गरिएको अपिलमा भनिएको छ- ‘यस पर्वलाई आ–आफ्नो सांस्कृतिक परम्परा अनुसार उल्लासमय वातावरणमा सबै नगरवासीहरुले मनाउनु हुनेछ भन्ने कुरा यस नगरपालिका आशा गर्दछ । यस पर्वलाई उल्लासमय वातावरणमा मनाउदा प्रचलित कानुनको व्यवस्थाहरुलाई पालना गर्न समेत नगरपालिका सबैमा अनुरोध गर्दछ । लागु औषध तथा मंदिराको सेवन नगर्न, सार्वजनिक शान्ति र सुरक्षामा खलल नपुराउन र व्यक्तिको चाहाना ईच्छा र मौलिक हकको सम्मान गर्न यस नगरपालिका सबैमा अनुरोध गर्दछ । पर्व मनाउदा हुन सक्ने सम्भावित दुर्घटनाबाट सचेत रहन यस नगरपालिका सबैमा अपिल गर्दछ ।’