आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

एमाले केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते

गोकर्णेश्वर खबर२ चैत्र २०७८, बुधबार ०७:४५ मा प्रकाशित (२ साल अघि) ३५४ पाठक संख्या

काठमाडौं, चैत १ गते। नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने भएको छ। मंगलबार पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठकको मिति तय गरेको हो।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार चैत ७ गते पोलिटब्यूरो, ९ र १० गते केन्द्रीय कमिटी र १३ गते स्थायी कमिटी बैठक बस्नेछ।

बैठकले निर्वाचनमा उम्मेदवार छनोटको मापदण्डका विषयमासमेत निर्णय गरेको छ। गुरुङका अनुसार वडाका उम्मेदवारको टुंगो जिल्लाले लगाउने छ भने अन्य उम्मेदवारको टुंगो जिल्ला, नगर र प्रदेश कमिटीको सिफारिसमा केन्द्रले लगाउने छ

मंगलबारको सचिवालय बैठकले निर्वाचन र नीति अध्यायन प्रतिष्ठान विभाग गठन गरेको छ।