आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पशुपतिमा पुल भत्किँदा दुई जना घाइते

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७८, बुधबार ०८:०४ मा प्रकाशित (२ साल अघि) ४४६ पाठक संख्या

१८ फागुन, काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भत्किएको छ । शिवरात्रीको दिन दक्षिणतर्फको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएका छन् ।

बागमतिमा बनेको पुलमा बढी भिड भएका कारण पर्खाल भत्किंदा केही व्यक्ति पानीमा खसेका थिए । खसेकालाई तुरुन्तै पानिबाट निकालिएको थियो ।

पर्खाल भत्किँदा पानीमा खसेका मध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको छ । अर्का एक घाइते चाहिँ सामान्य उपचारपछि फर्किएको उनले बताए ।