आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्नु हुँदैनः मन्त्री झाक्री

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७८, बिहीबार ०७:२१ मा प्रकाशित (२ साल अघि) १५७ पाठक संख्या

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छिन्।

बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताइन्।

‘कि त सरकार छोडेर सडकमा जानु पर्‍यो। कि सरकारमा बसेर सडकमा जानु भएन,’ उनले भनिन्।

सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो।

‘विरोधाभाष कुरा हुँदैन। पार्टीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन,’ उनले भनिन्।

सबै जिल्ला कमिटीलाई एमसिसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसिसी गलत भए आफूहरू ब्याक हुने बताइन्।

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उनले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताइन्।

एमसिसी स्वीकार गर्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनको भनाइ थियो।

पार्टीको सचिवालयले एमसिसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताइन्।

तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसदमा एमसिसी टेबल गर्न चाहेको भन्दै झाक्रीले अहिले (नेकपा एमाले)को मौनताले केही असहज बनाएको बताइन्। रासस