आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

जनताको विकासको चाहना कांग्रेसले पुरा गर्छ : युवा नेता गणेश लामा

गोकर्णेश्वर खबर८ फाल्गुन २०७८, आईतवार २१:४८ मा प्रकाशित (२ साल अघि) २५७ पाठक संख्या

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गणेश लामाले जनताको विकासको चाहना कांग्रेसले पुरा गर्ने बताएका छन् ।

शनिबार काभ्रे जिल्ला भुम्लु गाउँपालिका वडा न. ५ मा नेपाली कांग्रेसको ईकाइ कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै लामाले सो कुुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका लामाले अहिले जनताले विकास चाहेकोमा जोड दिंदै जनताको लोकतन्त्र र विकासको सपना साकार पार्ने पार्टी नेपाली कांग्रेस भएकोले आगामी चुनावमा पार्टीलाई सबै तहमा जित्ने गरी भोट दिन भुम्लुबासीलाई आग्रह समेत गरे ।

सो कार्यक्रमको अवसरमा प्रमुख अतिथी युवा नेता लामाको हातबाट स्थानीय महिला समुहलाई रु पचास हजार सहयोग गरिएको थियो भनें ३ हजार मिटर खानेपानीको पाईप वितरण गरिएको थियो । यसैगरी भुम्लु महिला विकास समुहलाई ५० थान प्लाष्टिकको कुर्सी र जोरपिपल महिला सुमहलाई ८० थान प्लाष्टिकको कुर्सी वितरण गरिएको थियो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै भुम्लु गाउँपालिकाका सभापति दावा लामाले आगामी चुनावमा पालिकाका सबै तहमा कांग्रेसलाई जिताउने गरि काम भईरहेकोमा जोड दिए । कांग्रेसका गाउँपालिका सभापति लामाले नेपाली कांग्रेसले ईतिहासदेखि नै जनतालाई सुख दुखमा साथ दिंदै आएकोले स्थानीय क्षेत्रको विकासलाई कांग्रेसले प्राथमिकता दिने बताए ।

कार्यक्रमलाई काभ्रे कांग्रेसका विभिन्न नेताहरुले सम्बोधन गरेका थिए ।