आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

गोकर्णेश्वर नगरपालिका वडा नं. २ मा बाल अधिकार समिति गठन

गोकर्णेश्वर खबर४ फाल्गुन २०७८, बुधबार १२:१६ मा प्रकाशित (२ साल अघि) ३९३ पाठक संख्या

४ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं २ मा वडा स्तरीय बाल अधिकार समिति गठन भएको छ । मंगलबार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा वडा स्तरीय बाल अधिकार समिति गठन भएको हो ।

वडा अध्यक्ष कृष्णबहादुर पण्डित क्षेत्रीको अध्यक्षता तथा उपमेयर शान्ती नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा सदस्य कृष्णहरि श्रेष्ठ, वडा सदस्य सरस्वती सुनार, गोकर्णेश्वर नगरस्तरीय बाल अधिकार संरक्षण समितिका सदस्य सञ्जय आचार्य लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष संयोजक रहने समितिमा गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णबहादुर पण्डित क्षेत्री रहेका छन् । यसैगरी सदस्य सचिवमा वडा सचिव रुक बहादुर श्रेष्ठ रहेका छन् । यसैगरी, सदस्यहरुमा बाल सुधार माध्यमिक बिद्यालयका प्रधानाध्यापक हेमराज घिमिरे, अपाङ्गसेवा संस्थाबाट उषा बुढाथोकी, बाल वातारणबाट अशोक सिवाकोटी, गोकर्णेश्वर नगरपालिका वडा नं २ स्वास्थ्य चौकीबाट स्वास्थ्य चौकी इन्चार्ज सावित्री श्रेष्ठ, बाल क्लबबाट अध्यक्ष अस्मिता वि.क. रहेका छन् ।

कार्यक्रमको सञ्चालन बालविकास समाजका गोबिन्द वि.क. ले गरेका थिए ।