आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

पछिल्लो २४ घण्टामा थप ३,६३७ जनामा कोरोना संक्रमण पुष्टि,१२ को मृत्यु

गोकर्णेश्वर खबर१९ माघ २०७८, बुधबार १८:१३ मा प्रकाशित (२ साल अघि) १६१ पाठक संख्या

काठमाडौं। कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्‍य भएको जानकारी दिइन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड१९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९१ हजार ८८८ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७६४ पुगेको छ भने ८ लाख ७८ हजार ७२० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल ६७ हजार ८२५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४६६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७० जना आईसीयू र ५२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १११ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै काठमाडौं उपत्यकामा थप १ हजार १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ८६८, ललितपुरमा १७० र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण देखिएको हो ।