आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

आजबाट हट्यो सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली, उपत्यकामा नयाँ नियम लागू

गोकर्णेश्वर खबर१५ माघ २०७८, शनिबार ०८:४८ मा प्रकाशित (२ साल अघि) ८२ पाठक संख्या

१५ माघ, काठमाडौं । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीले शनिबारदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका छन् । जारी आदेश अनुसार काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली आजबाट हटेको छ । सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइए पनि निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ ।

कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ । विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ ।

कोरोना संक्रमणदर बढेको भन्दै ७ माघदेखि उपत्यकामा अत्यावश्यक सेवाबाहेकका सवारीसाधनमा जोर–बिजोर कायम गरिएको थियो ।

पुस अन्तिम साताबाट बन्द विद्यालय, कलेज, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान माघ मसान्तसम्म खुल्ने छैनन् । यसअघि १५ माघसम्मका लागि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएकोमा कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)को सिफारिसमा माघ मसान्तसम्मका लागि रोक लगाइएको हो ।

उपत्यकामा नयाँ नियम लागू