आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

यूवा नेता गणेश लामाद्वारा २ सय ७५ जनालाई ब्ल्याङ्केट वितरण

गोकर्णेश्वर खबर१४ माघ २०७८, शुक्रबार २१:२८ मा प्रकाशित (२ साल अघि) ३६२ पाठक संख्या

१४ माघ, काठमाडौं । नेपाली कांग्रेस काभ्रेका यूवा नेता गणेश लामाले सुत्केरी महिला र बृद्धबृद्धालाई ब्ल्याङ्केट वितरण गरेका छन् । लामाले २ सय ७५ जनालाई ब्ल्याङ्केट वितरण गरेका हुन् ।

काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका लामाले सुक्रबार काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं १ का सुत्केरी महिला, अपांग र बृद्धबृद्धालाई ब्ल्याङ्केट बितरण गरेका हुन् ।

ब्ल्याङ्केट बितरण कार्यक्रममा बोल्दै युवा नेता लामाले राजनीतिको एउटा महत्वपूर्ण अंग समाजसेवा पनि भएकोले आफू समाजसेवामा निरन्तर क्रियाशिल भईरहेको बताए । उनले सुत्केरी महिला, अपांग र बृद्धबृद्धालाई न्यानो कपडा वितरण गर्न पाउँदा खुसी लागेको बताए ।

लामा राजनीतिका साथै समाजसेवाको क्षेत्रमा पनि उत्तिकै क्रियाशिल भईरहेकाले काभ्रेमा राजनीतिक क्षेत्र र जनतामा लोकप्रिय समेत रहेका छन् । जनताको सेवामा अहोरात्र खटिने लामा नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट काभ्रे जिल्लाकै पहिलो निर्वाचित केन्द्रीय सदस्य समेत हुन् ।

युवा नेता लामाले आगामी दिनमा वडाबासी तथा जिल्लाबासीलाई आवश्यक सहयोग गर्न आफू सधै लागिपर्ने बताए । कोरोना महामारीको समयमा खाद्यान्न, औषधि लगायतका सामग्री वितरण गरेका लामाले जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेका थिए । यसले उनलाई जिल्लामा जनस्तरमा समाजसेवी युवा नेताको रुपमा समेत लोकप्रिय बनायो ।