आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

२४ घण्टामा काठमाडौंमा मात्रै २१५३ जनामा कोरोना पुष्टि

गोकर्णेश्वर खबर१४ माघ २०७८, शुक्रबार १७:४९ मा प्रकाशित (२ साल अघि) १०० पाठक संख्या

१४ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकाका जिल्लाहरु मध्ये काठमाडौंमा मात्रै २१५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेकामा काठमाडौंमा मात्रै ३८ हजार २२ जना रहेका छन् । यस्तै ललितपुरमा १० हजार ३१९ तथा भक्तपुरमा ५ हजार ६९४ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर भने ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।