आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

बलुच लिवरेसन फ्रन्टको आक्रमणमा परेर १० पाकिस्तानी सैनिकको मृत्यु

गोकर्णेश्वर खबर१४ माघ २०७८, शुक्रबार १३:३७ मा प्रकाशित (२ साल अघि) २९३ पाठक संख्या

१४ माघ, काठमाडौं । बलुच लिवरेसन फ्रन्ट नामको विद्रोहिको आक्रमणमा परेर १० पाकिस्तानी सैनिकको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तस्थित दक्षिणपश्चिमी बन्दरगाहनजिकै पाकिस्तानी सेनाको चौकीमा भएको आक्रमणमा परि दश सैनिकको मृत्यु भएको हो ।

सो आक्रमण केच जिल्लाको ग्वादर बन्दरगाहमा भएको हो । पाकिस्तानी सरकारविरुद्ध लडिरहेका जातिय समूह बलुच विद्रोहिले सो आक्रमण गरेको रोयटर्सले जनाएको छ ।

गएको मंगलबार साँझ भएको सो घटनाबारे शुक्रबार पाकिस्तानी प्रधामन्त्री इमरान खान र पाकिसतानी सेनाले जानकारी दिएको बताइएको छ । प्रधानमन्त्री खानले सो आक्रमणमा मरेका सैनिकलाई शुक्रबार सलामी दिएर शहिद घोषणा गरेको बताइएको छ । घटनाको जिम्मेवारी बलुच लिवरेसन फ्रन्टले लिएको बताइएको छ । जातीय समूह बलुचले दशकौंदेखि अलग राज्यको माग गर्दै पाकिस्तानी सरकारविरुद्ध लडिरहेको छ । (पत्रपत्रिकाबाट)