आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध रंगशाला निर्माणमा भ्रष्टाचार गरेको भन्दै उजुरी

गोकर्णेश्वर खबर२ माघ २०७८, आईतवार १८:५८ मा प्रकाशित (२ साल अघि) १४७ पाठक संख्या

२ माघ, काठमाडौं । चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध उजुरी परेको छ । फाउण्डेसनविरुद्ध रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सहायक प्रवक्ता भण्डारीका अनुसार फाउण्डेसनविरुद्ध इमेलमार्फत् उजुरी प्राप्त भई दर्ता भएको छ । रातो पाटी डट कमका अनुसार रंगशाला निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले फाउण्डेसनविरुद्ध उजुरी परेको पुष्टी गरेका छन् ।