आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काठमाडौँ उपत्यकामा थप २६०७ जनामा कोरोना पुष्टि

गोकर्णेश्वर खबर३० पुष २०७८, शुक्रबार १७:२४ मा प्रकाशित (२ साल अघि) १२८ पाठक संख्या

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा १ हजार ९१३, ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या १० हजार ८११ पुगेको छ । जसमध्ये काठमाडौँ ७ हजार ६२५, ललितपुरमा १ हजार ९३५ र भक्तपुरमा १ हजार २५१ जना संक्रिय संक्रमित रहेका छन् ।

शुक्रबार देशभर ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।