आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काठमाडौंका सीडीओ रिजाललाई कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर खबर२७ पुष २०७८, मंगलवार ०८:५९ मा प्रकाशित (२ साल अघि) ३४० पाठक संख्या

२६ पुस, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ रिजालको रिपोर्ट पोजेटिभ आएको छ ।

रिजाललाई संक्रमण पुष्टि भएसँगै उनीसँग केही दिनअघि सम्पर्कमा रहेका ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु र कार्यालयका कर्मचारीहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

काठमाडौं उपत्यकासहित देशभर केही दिनयता कोरोना संक्रमण दर बढेको छ । संक्रमण बढेपछि शिक्षा मन्त्रालयले देशभरका विद्यालयहरु पुस २७ गतेदेखि माघ १५ गतेसम्म विदा गर्ने निर्णय गरेको छ । साथै कोरोना खोप लगाएकाहरुलाई मात्रै सार्वजनिक स्थानमा प्रवेश दिन सीसीएमसीले सिफारिस गरेको छ ।